काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रका उमेदवारको टिकट वितरणसम्बन्धी कुनै पनि बैठक, प्रक्रिया वा छलफलमा आफू सहभागी नभएको स्पष्ट पारेका छन् ।

खड्काले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले  टिकट वितरण प्रक्रियाबारे आफूलाई कुनै पनि जानकारी नभएको जनाउँदै यस विषयमा कसैमा पनि भ्रम नरहोस् भन्ने उद्देश्यले स्पष्टीकरण दिएको बताए ।

ad

खड्का आगामी प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र १ बाट एकल सिफारिस भएका थिए । यद्यपि उनले आफू निर्वाचन नलड्ने बताइसकेका छन् ।