
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लामा टिकट वितरण सकेको छ ।
जसअनुसार कांग्रेसले हुम्लामा जयपति रोकाया, मुगुमा खड्गबहादुर शाही, जुम्लामा दीपबहादुर शाही, डोल्पामा कर्णबहादुर बुढा, कालिकोटमा हर्ष बम, दैलेख–१ मा बासना थापा, दैलेख– २ मा दिक्पाल शाही, सल्यानमा केशबहादुर विष्ट, बाजुरामा जनक गिरी, पूर्वी रुकुममा कुसुम थापा मगर, रोल्पामा डा. सुधनकुमार ओलीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै कांग्रेसले प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरुङ, बैतडीमा चतुरबहादु चन्द, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै कांग्रेसबाट गोरखा–१ मा प्रेमकुमार खत्री र गोरखा– २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार बनेका छन् ।
कांग्रेसले उदयपुर–१ मा विदुर बस्नेत र २ मा रामकुमार राईलाई उम्मेदवार बनाएको छ भने ओखलढुंगामा रामहरि खतिवडा, मोरङ–३ मा सुनील शर्मा, सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की र सुनसरी–२ मा राजीव कोइरालालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी कांग्रेसबाट गुल्मी–१ मा चन्द्र भण्डारी र गुल्मी–२ मा भुवन श्रेष्ठ उम्मेदवार चयन भएका छन् ।









Facebook Comments