
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङको दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेस बागलुङ क्षेत्र नम्बर १ मा भीम श्रीस र क्षेत्र नम्बर २ मा टेकराज पौडेललाई उम्मेदवार बनाएको हो ।
गत चुनावमा बागलुङका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको थिएन । क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई सघाएको कांग्रेसले २ मा माओवादीका देवेन्द्र पौडेललाई सघाएको थियो ।
२०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य पाठकले चम्पादेवी खड्कालाई पराजित गरेका थिए भने २ मा कांग्रेसका निरज पुनलाई देवेन्द्र पौडेलले पराजित गरेका थिए ।
श्रीस र पौडेल लामो विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय छन् ।









Facebook Comments