काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा मधु आचार्यलाई उम्मेदवार बनाएको छ । 

आचार्य गगन थापा समूहका नेता हुन् । उनले सोमबार सभापति गगनकुमार थापाबाट टिकट लिएका हुन् ।

ad

भोलि मंगलबार उम्मेदवारी दर्ताको दिन छ । त्यसअघि कांग्रेसले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको हो ।

काभ्रेको यो क्षेत्रमा नेकपा एमालेले अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले बसुन्धारा हुमागाईंलाई उम्मेदवार बनाएको छ ।