काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्धको रिट फिर्ता नहुने बताएका छन् । 

केही सञ्चारमाध्यमले रिट फिर्ता हुने भन्दै समाचार प्रकाशित गरेको भन्दै उनले त्यसमा सत्यता नरहेको बताएका छन् । 

ad

‘केही सञ्चारमाध्यममा आएका गलत समाचारबारे स्पष्ट होस्,’ खड्काले भनेका छन्, ‘०८२ माघ २ गते कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरुद्धमा ०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिका लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु ।’

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिएपछि कांग्रेसको निवर्तमान कार्यसमितिका तर्फबाट आधिकारिकता आफ्नो पक्षसँग रहेको दाबी गर्दै खड्काकै नेतृत्वमा १२३ केन्द्रीय समितिका सदस्यको हस्ताक्षरमा सर्वोच्चमा रिट दर्ता भएको छ । सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ ।

खड्काले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरिसकेका छन् ।