काठमाडौं । गुल्मी १ मा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी र रास्वपाबाट सागर ढकाल उम्मेदवार बनेका छन् । 

२०७९ सालको चुनावमा यहाँ एमाले ज्ञवालीलाई कांग्रेसका डा. भण्डारीले पराजित गरेका थिए ।

ad

भण्डारी नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा भाग लिएर बन्द सत्र अघि बढेपछि पार्टी फुट्ने काममा सहभागी नहुने भन्दै हिँडेका थिए ।

भृकुटीमण्डप छाडेर सानेपा बैठकमा भाग लिएका उनलाई कांग्रेस सभापति गगनकुमार थापाले टिकट थमाइदिएका हुन्।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका ढकाल यसपटक गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

यसपटक डडेल्धुरा नगएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी १ का लागि टिकट दिएको हो ।