काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि माघ ६ गते राजीनामा दिने भएकी छिन् ।

उनले भोलि बस्ने कार्यपालिका बैठकमा राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिने भएकी हुन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवार बनाएको हो ।

ad

महानगर छोड्नुअघि आज पत्रकार सम्मेलन उनी भावुक हुँदै रोएकी छिन् ।