काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार चयन गर्दा न्यायसंगत भयो कि भएन भन्नबारे समीक्षा हुनुपर्ने बताएका छन् । उनले आज एक भिडियो सन्देशमार्फत टिकट वितरणबारे समीक्षाको माग गरेको बताए । त्यो समीक्षा भने चुनाव पछि हुनुपर्ने उनले बताए । 

ुमैले पार्टी केन्द्रीय सचिवालयको बैठकमा उम्मेद्वारको छनोट सम्बन्धमा केहि फरक धारणा राखेको छु । त्यो फरक मतको रुपमा पनि दर्ता गरेको छु । आज म त्यस विषयमा चर्चा गर्न चाहन्न किनकि त्यसको अध्याय समाप्त भइसकेको छ । ती मैले राखेका फरक मतहरु कति ठीक छन् कति बेठीक छन्, त्यो आज समीक्षाको विषय अब होइन र म पनि त्यसलाई प्रमुख छलफलको विषय बनाउन चाहन्नँ । ती विषयहरु अब फागुन २१ पछि जब एमालेले सरकार बनाउँछ, एमालेको नेतृत्वमा हामी सशक्त ढंगले अगाडि बढ्छौं, त्यसपछि ठण्डा दिमागले त्यसको समीक्षा हुनुपर्दछ,

ad

भट्टराईले भनेका छन्,  मैले पार्टी अध्यक्षलाई भनेको छु कि त्यसको समीक्षा हुनुपर्छ । हामीले उम्मेदवार छनोट गर्दा न्यायसंगत ढंगले गर्यौ कि गरेनौं रु मापदण्डहरू बनायौ कि बनाएनौं ? जित्ने, लोकप्रिय, पार्टीप्रति निष्ठावान उम्मेद्वार दियौ कि दिएनौ ? यसको समीक्षा निर्वाचन पछि गरौंला । पार्टी अध्यक्ष केपी ओलीलाई भन्न चाहन्छु– आज पनि १६५ वटा निर्वाचन क्षेत्रमध्ये केहि क्षेत्रमा अहिले पनि उम्मेदवारहरूलाई मिलाउन सकिन्छ भने मिलाउनुस् ।