काठमाडौं । नेकपा एमालेले उपमहासचिव योगेश भट्टराई आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारीबाट वञ्चित गरेको छ । यसअघि योगेश ताप्लेजुङबाट निर्वाचित भएका थिए । 

उक्त क्षेत्रबाट युवसंघका अध्यक्ष क्षितिज थेबे उम्मेदवार बन्ने भएका छन् । एमलेले उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको थियो । 

ad

हिजो बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको थियो। सोही निर्णयअनुसार अध्यक्ष ओलीले थेबेलाई उम्मेदवार चयन गरेका हुन् ।