काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि पदबाट राजीनामा गरेका छन् । साम्पाङ उपमेयर अइन्द्रविक्रम वेघालाई राजीनामा बुझाएका हुन् । 

स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका साम्पाङले उपमहानगरमा ४६ महिना बिताए । आइतबार महानगरले हार्दिक रूपमा मेयर साम्पाङको बिदाइ गरेको छ । 

ad

आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरेका उनले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट चुनाव लड्न राजीनामा दिएका हुन्। 

धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि सँगसँगै बिदा लिए। उनी नेकपाबाट सुनसरी–१ मै हर्कविरूद्ध उम्मेदवार बन्दै छन् ।