काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानबाट पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) समाहित भएका १२ जना केन्द्रीय सदस्यले सामूहिक रूपमा राजीनामा दिएका छन्। 

पार्टीभित्र आफूहरूलाई निरन्तर उपेक्षा गरिएको निष्कर्ष निकालेका उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

ad

राजीनामा पत्रमा उनीहरूले आफ्नो समूहका १२ जना नेतामध्ये राष्ट्रिय सभा, समानुपातिक र प्रत्यक्ष निर्वाचन—तीनै तहमा एकजना पनि उम्मेदवार नबनाइनु गम्भीर अपमान भएको उल्लेख गरेका छन्। पार्टी नेतृत्वले योगदानको कदर नगरेको र संगठनात्मक निर्णयहरू एकपक्षीय रूपमा गरिएको आरोप पनि उनीहरूले लगाएका छन्।

संयुक्त विज्ञप्तिमा पार्टीको नीति, सिद्धान्त र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको भन्दै यस्तो अवस्थामा पार्टीमा बसिरहनु अर्थहीन भएको जनाइएको छ।