काठमाडौं । निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिनुको पछाडि करोडौं रुपैयाँको चलखेल भएको भन्दै अनर्गल प्रचार गरेका थिए । उनले सार्वजनिक रूपमा राखेको धारणा गलत भएको भन्दै आयोगले प्रसाईंमाथि कारबाही गर्न निर्देशन दिएको हो ।

ad

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले पत्र आएको पुष्टि गर्दै अनुसन्धान सुरु भएको बताए ।