काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्न उनले पदबाट राजीनामा दिएका हुन् ।

उनले उपमेयर सुनिता डंगोलसमक्ष आजैदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् । साथै उनी आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। उनलाई रास्वपाले वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार पनि बनाएको छ । 

ad

आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।