
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र सगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
युवराज सफल, आयुष बडालसहित र दिनेश त्रिपाठीका तर्फवाट पेस भएको रिट दर्ता भएको हो । रिटको पहिलो पेसी माघ ६ गतेका लागि तोकिएको छ । महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ ।
उनीहरूको रिटमा महान्यायाधिवक्ताले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता मुद्दा फिर्ता लिन नमिल्ने र अभियोगपत्र संशोधन भनिए पनि मुद्दा फिर्ता नै लिने उद्देश्य भएको दाबी गर्दै रोक्न अन्तरिम आदेशको माग गरेका छन् ।
महान्यायाधिवक्ताको कार्यालयले गोर्खा मिडियासँग जोडिएका सहकारी ठगीमा सबै प्रतिवादीहरुको अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।








Facebook Comments