काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष  निर्वाचन कार्यक्रम स्थगन गर्न माग गर्दै आज निर्वाचन आयोग पुगेको छ ।

विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई मान्यता दिएको विरोधमा आज सर्वोच्च अदालतमा रिट दिएका देउवा पक्ष उक्त रिट समावेश गरी निर्वाचन आयोग पुगेको हो। आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति  माघ ६ गतेसम्म तोकेको छ। 

ad