
काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्णयविरुद्ध नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समुहले आज सर्वोच्च अदालतमा रिट पेश गरेको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू आज सर्वोच्च अदालत पुगेर रिट पेश गरेका थिए । सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै पहिलो सुनुवाइ माघ ६ गतेका लागि पेसी तोकेको छ।
सो रिटमा निवेदक देउवा र पूर्णबहादुर खड्का रहेका छन् । देउवा पक्षको शनिबार बसेको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने निर्णय गरेको थियो । देउवा पक्षका नेताहरूले मुख्य रजिस्ट्रार विमल पौडेलसँग भेटेर रिटलाई आजै पेसीमा राख्न माग गरे पनि रजिष्ट्रार पौडेलले त्यसो गर्न नमिल्ने जवाफ दिएका थिए । हरेक दिन सर्वोच्च अदालतमा बिहान साढे १० बजे नै गोलाप्रथा अनुसार पेसी तोक्ने व्यवस्था छ।







Facebook Comments