
काठमाडौं । आफ्नो कार्यकाल डेढ महिना बाँकी रहँदै नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।
श्रेष्ठले आइतबार राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्। श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन लड्न श्रेष्ठले राजीनामा दिएका हुन् । नेकपाले श्रेष्ठलाई सर्लाही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
नेकपाको पाँचौँ बरियताका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।










Facebook Comments