
कांग्रेस विवादबारे निर्वाचन आयोगमा छलफल सकिएको छ । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापापक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको र शेरबहादुर देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएका थिए ।
सो विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए ।
निर्वाचन आयोगको निर्णयको पर्खाइमा कांग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता आयोगको कार्यालयअगाडि सडक अवरुद्ध गरेर बसिरहेका छन् । सो क्षेत्रमा सवारी जाम छ ।










Facebook Comments