
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विषम परिस्थितिमा पार्टीभित्रैबाट केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासन बाहिर गएर गतिविधि गरेको आरोप लगाएका छन् ।
पार्टी मुख्यालय, सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा खड्काले आज निर्वाचन आयोगमा आफ्ना वैधानिक कुराहरू, नेपाली कांग्रेस, विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएको पनि बताए ।
उनले पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको बताए । ‘पार्टीको अधिवेशन, विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै छ, उनले भने । उनले देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी पनि दिए ।
निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं, उनले भने ।










Facebook Comments