
काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी आज पदबाट राजीनामा दिएका छन्।
पाण्डेले काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष आज बिहान राजीनामापत्र बुझाएका हुन्।
नगर प्रहरी प्रमुख पाण्डेले राजीनामा दिएको भए पनि स्वीकृत हुन बाँकी रहेको छ । नगर प्रहरी प्रमुख पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिएका हुन्।








Facebook Comments