
काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा बाल विवाह मुक्त नेपाल १०० दिने अभियान”सञ्चालन गर्दै आएको छ। जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल ले सातै प्रदेशमा साझेदार संघ–संस्थाहरूको सहकार्यमा अभियान जारी रहँदै आएको छ भने बागमती प्रदेशमा भ्वाइस अफ चिल्ड्रेनले बाल विवाहमुक्त नेपाल अभियान”सञ्चालन गर्दै आएको छ।
हालै भ्वाइस अफ चिल्ड्रेन का उप निर्देशक उतम ढकाल र जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल की कानुन अधिकृत प्रीया लामिछाने ले अभियान सञ्चालन गर्दै सिन्धुली जिल्लाका ज्वाला देवी माध्यमिक विद्यालय, सुनकोशी, श्री आदिलिङ्ग कुषेश्वर वैदिक गुरुकुल (संस्कृत विद्यालय), दुम्जा, श्री माध्यमिक विद्यालय, गुठबजार, सुनकोशी–३, श्री प्रगतिशील माध्यमिक विद्यालय, सुनकोशी, बोहोरोटार, श्री कौशिका माध्यमिक विद्यालय, गोलन्जोर, श्री जनज्योति माध्यमिक विद्यालय, खुर्कोट र सिद्धज्योति शिक्षा क्याम्पस, कमलामाई, फोस्रेटारका सात विद्यालयहरूमा १५०० बालबालिका लाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बालबालिकामा बाल विवाहका जोखिम, कानुनी अधिकार र सामाजिक प्रभावबारे जानकारी दिइएको छ।
बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ र दीगो विकास लक्ष्य९ क्म्न्क० अनुसार नेपालले सन् २०३० सम्म बाल विवाह पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ। तर कानूनी, नीतिगत र संस्थागत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन नहुँदा अझै पनि धेरै समुदायमा बाल विवाहको प्रचलन छ। राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा १८–२० वर्ष उमेरमा पहिलो विवाह गर्नेको दर ३४.४ प्रतिशत, १५–१७ वर्षमा २२(३ प्रतिशत, १०–१४ वर्षमा ७ प्रतिशत, र १० वर्षमुनि ०.३ प्रतिशत रहेको छ। यस चुनौतीको समाधान मात्र सरकारको जिम्मेवारी नभई नागरिक समाज, गैरसरकारी संस्था, समुदाय, अभिभावक र सबै सरोकारवालाको साझा जिम्मेवारी हो।









Facebook Comments