
काठमाडौं । शिक्षण अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले स्वास्थ्य बिमा सेवा रोकेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अस्पतालले सेवा स्थगित गरेको दुई दिनपछि अर्को ठुलो सरकारी अस्पतालले यो कार्यक्रम स्थगित गरेको हो ।
अस्पतालले सूचना जारी गर्दै माघ १ गतेदेखि यस्तो सेवा उपलब्ध नगराउने जनाएको हो ।
स्वास्थ्य बिमा बोर्डबाट शोधभर्ना पाउनुपर्ने रकम नपाएका कारण बिमा कार्यक्रम स्थगित गर्नुपरेको अस्पतालले जनाएको छ ।










Facebook Comments