
काठमाडौं । भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन समितिका अनुसार आज राति ८ बजेदेखि मतदान सुरु हुनेछ ।
केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुनः नामावली प्रकाशन गरिनेछ । यस्तै ५ः३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय छ । यस अगाडि ४ बजे प्रथम नामावली प्रकाशन गरिनेछ ।
त्यस्तै, ४ देखि साढे ४ बजे दाबी विरोध गर्न पाइनेछ । साढे ४ देखि ५ बजेसम्म उमेदवारमाथिको दाबी विरोधको छानबिन हुनेछ । दाबी विरोधको छानबिनपछि ५ः०५ बजे पुनः नामावली प्रकाशन, ५ः३५ सम्म मनोनयन फिर्ता र ६ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । राति ८ बजेदेखि ९ बजेसम्म मतदान सुरु हुने केन्द्रीय वरिष्ठ अधिवक्ता एवं निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।










Facebook Comments