काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पछिल्लो पटक पठाएको ८ बुँदे प्रस्तावका बारेमा संस्थापन पक्षका नेताहरुबीच अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा छलफल भईरहेको छ ।

विशेष महाधिवेशन पक्षधरले कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई तय गरेर जानुपर्ने,  चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

ad

त्यस्तै निर्वाचनमा केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उमेदवारको  टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने प्रस्ताव विशेष महाधिवेशन पक्षधरहरुको रहेको छ ।