काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ चुनिने नेतृत्वले छोटो समयका लागि पार्टी सम्हाल्ने दाबी गरेका छन् । अहिले निर्वाचन प्रक्रिया अगाडि बढिसकेको बताउँदै उनले त्यसमा अब दखलअन्दाजी नहुने बताएका छन्।

मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले नयाँ चुनिने नेतृत्वले छोटो समयका लागि नेपाली कांग्रेसलाई सम्हाल्ने बताएका हुन् । 

ad

‘दुई दिनसम्म बसेको भेलालाई यसरी हल्कासँग पनि नलिऊँ। प्रक्रिया अगाडि बढिसकेको छ। हामी एक ठाउँमा पुगिसकेका छौँ,’ महामन्त्री थापाले भने, ‘अब यसमा दखलअन्दाजी हुँदैन। निर्वाचन प्रक्रियाको सन्दर्भमा त्यही अगाडि जान्छ।’  

 ‘निर्वाचनलाई हाँक्ने हो, निर्वाचनको लगत्तै पछाडि पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेछ,’ उनले भने,‘त्यसअघि विधानलाई संशोधन गर्नुपर्नेछ। समयानुकूल बनाउनुपर्नेछ। जो हिजो महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको छ।’  

विशेष महाधिवेशन एक आन्दोलन र विद्रोह भएकाले आफू तल बसेर सहयोग गर्ने उनले बताए।

 ‘मलाई पद नभए नि हुन्छ, मलाई अहिले चाहिँदैन्। म यो पदमा जानुपर्छ भन्ने छैन साथीले नै अहिलेको विद्रोहलाई सार्थकता पुर्‍याउँछ,’ महामन्त्री थापाले भने।