
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । पित्तथैलीमा समस्या देखिएपछि उनलाई हिजो राति नै नेपाल एपीएफ अस्पताल भर्ना गरिएको हो।
हाल प्रधानन्यायाधीश राउतको स्वास्थ्य अवस्था चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ।
अदालत स्रोतका अनुसार प्रधानन्यायाधीशलाई राति अस्पताल भर्ना गरिएपछि ११ बजे आईजीपी राजु अर्याल सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुरतर्फ प्रस्थान गरेका थिए।
आज दिउँसो भने एआईजी वंशी दाहाल अस्पताल पुगेर थप हेरचाह र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सिभिल, वीर वा शिक्षण अस्पतालमा भर्ना हुँदा सर्वसाधारणलाई जानकारी भई भिडभाड बढ्न सक्ने सम्भावना रहेकाले फौजी अस्पताल रोजिएको अदालत स्रोतले जनाएको छ।
प्रधानन्यायाधीश राउतको उपचार र स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।








Facebook Comments