काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजे फेरि बस्ने भएको छ । 

मंगलबार बसेको बैठक केहीबेरमै अन्त्य भएको हो । बैठकमा नियमित अधिवेशनमार्फत नै नेतृत्व चयन गरी अघि बढ्नुपर्नेबारे छलफल भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

ad

बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू गएका थिएनन् ।

अहिले नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच छलफल चलिरहेको छ । 

वार्ता समिति नै बनाएर पार्टी एकता कायम राख्ने बताउँदै वार्ता समिति नै बनाएर छलफल गरिरहेको छ ।