काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । मंगलबार दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो ।

महाधिवेशनमा पेस भएका प्रतिवेदनलाई संस्थापन समूहले अध्ययन गर्ने र संस्थापन समूहबाट आएका सुझावलाई पनि प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल सकारात्मक भएको उनको भनाइ छ ।

ad

कांग्रेसको विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ । वार्तामा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् । 

त्यस्तै नेता शेखर कोइरालाको समूहबाट नेताहरू जीवन परियार र मीनेन्द्र रिजाल छन् भने विशेष महाधिवेशनको पक्षबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल छन् ।