काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले छलफलबाटै निकास निकाल्नका लागि अत्यधिक लचकताका साथ छलफल भइरहेको बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीलाई विभाजनतर्फ लगेर कसैलाई फाइदा नहुने बताए ।  

प्रवक्ता महतले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा जानुपर्ने धारणा राखे । बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास उनले व्यक्त गरे । 

ad

प्रवक्ता महतले महाधिवेशनका बारेमा पार्टीले गरेको आधिकारिक निर्णयमा नै अघि बढ्नुपर्नेमा जोड दिए ।