
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वको निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन, १२ः३० देखि १३ः३० सम्म मतदाता नामावलीउपरको दावी विरोध र सो उपर छानविन र दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने उल्लेख छ ।
आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने उल्लेख छ ।









Facebook Comments