
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।
प्रतिनिधिहरुले केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाएका छन् । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच आज बिहान वार्ता भए पनि कुनै सहमति हुन सकेन । वार्ता आज अपरान्ह साँढे २ बजे फेरि बस्नेछ ।









Facebook Comments