
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरुबीच आज बिहान लाजिम्पाटमा भएको पहिलो चरणको वार्ता सकिएको छ। दोस्रो चरणको वार्ता आजै अपरान्ह बस्ने बताइएको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहँदा वार्ता भएको हो । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षका नेताहरुले आफ्नो मागको बारेमा स्पष्ट पारेका थिए । विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्नुपर्ने, पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक दिनुपर्ने, टिकट वितरणमा सभापति देउवाको हस्ताक्षर नचल्ने र देउवा चुनाव पनि लड्न नहुने विशेष पक्षको अडान छ ।
छलफलमा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे, संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी रहेका थिए ।










Facebook Comments