
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको आज भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ पारित गरेको छ ।
भृकुटीमण्डप बिहानदेखि सुरु बन्दसत्रले कार्यविधि पारित गरेको हो । कार्यविधि जारी भएसँगै त्यसकैको आधारमा विशेष महाधिवेशनका बाँकी कार्यक्रम र गतिविधि अघि बढ्ने भएको छ ।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा ९२० बमोजिम बोलाइएको विशेष केन्द्रीय महाविधेशनले आफ्नो कामकारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकाले, विधानको धारा ५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष महाधिवेशन कार्यविधि २०८२ बनाई लागू गरिएको छ,’ कार्यविधिको प्रस्तावनामा भनिएको छ ।
कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति विघटनदेखि नयाँ नेतृत्व चयनसम्मको व्यवस्था रहेको छ। बैठक काठमाडौँ ५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काको अध्यक्षतामा सुरु भएको हो ।










Facebook Comments