रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ रले पराजित गर्दै स्पेनिस सुपर कपको उपाधि जितेको छ।

साउदी अरेबियाको जेद्दामा आइतबार राति सम्पन्न खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो।

ad

खेलको ३६औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। तर पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल गर्दै रियललाई खेलमा फर्काए।

पहिलो हाफकै चौथो मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै बार्सिलोनालाई पुनः २–१ को अग्रता दिलाए। त्यसको ३ मिनेट पछि रियलका लागि गोन्जालो गार्सियाले गोल गर्दै खेल पहिलो हाफमै २–२ को बराबरीमा ल्याए।

बराबरीतर्फ जारी राखेको खेलमा बार्सिलोनाका लागि ७३औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ को निर्णायक जित दिलाए।

बाँकी समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र बार्सिलोना उपाधि जित सफल भयो।