
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले माघ ४ गते राजीनामा दिने बताएका छन् ।
आज पार्टी निकटकाहरुसँग ज्वागलमा भएको छलफलमा ४ गते राजीनामा दिएर पार्टी गतिविधिमा निस्कने बताएका हुन् ।
सुरेन्द्र चौधरी, लक्ष्मण थारु, करिस्मा कठरिया, कृष्ण न्यौपाने लगायतलाई आफूले ४ गते राजीनामा बुझाउने बताएका हुन् ।
‘काठमाडौंको सबै काम सकेर ४ गते राजीनामा दिन्छु तपाईंहरू पनि काठमाडौं छोडेर जिल्लामा जानुहोस्’, बालेनले भनेका थिए ‘चुनावी कार्यक्रम सुदूरपश्चिमबाटै सुरु गर्नुपर्छ ।’
बालेनले सामाजिक सञ्जालमा पनि यस विषयमा संकेत गरेका छन् ।
‘४ गते राजीनामा दिने र देश दौडाहामा अभियानमा निस्कने बताउनु भएको थियो रास्वपाका नेता सुरेन्द्र चौधरीले भने ‘उहाँले आफ्नो मनोनयन पछि देश दौडाहामा निस्कने कुरा गर्नुभएको छ ।’
उनले चाडै चुनावी अभियानमा निस्कन आग्रह गरेपनि बालेनले महानगरपालिकाको पदमा हुँदै चुनावी अभियानमा नहिँड्ने बताएको चौधरीले जानकारी दिए ।
‘मेयर पद हुँदासम्म म चुनावी गतिविधिमा हिँड्दिन’ बालेनले भनेका थिए ’४ गते राजीनामा दिएपछि निस्किन्छु ।’
कैलालीको थारु बस्तीबाट चुनावी अभियान सुरु गर्ने बालेनले बताएका छन् ।










Facebook Comments