काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनप्रति टिप्पणी गर्दै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले गगन थापा र विश्वप्रकाश शर्मालाई सलाम गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै योगेशले आफुहरु बोलेको र केहि गरेको तर तपाइँहरु बोल्नुभयो र आफुहरुले भन्दा धेरै गरेको भन्दै गगन र विश्वप्रकाशको नाम नलिएर सलाम दिएका छन् ।

ad

उनले भनेका छन्- 'हामीले बोल्यौ, केही गर्यौ, तपाईंहरूले बोल्नू भयो, हामीभन्दा धेरै गर्नुभयो, सलाम मित्रहरू'

नेपाली काँग्रेसको विशेष महाधिवेशनको पहिलो दिन २६६२ महाधिवेशन प्रतिनिधि सहभागी भएपछि अब नेतृत्व परिवर्तन हुनेतर्फ उन्मुख हुने देखिएको छ ।