काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा खुल्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ जना पुगेका छन् ।

विशेष महाधिवेशनको सचिवालयले साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार, २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

ad

जसअनुसार, कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यका १७८ र भ्रातृ, शभेच्छुक र जनसम्पर्क गरेर १९५ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका हुन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भइसकेको छ । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने जानकारी गराइएको छ ।

आइतबार बिहान ८ बजेदेखि नै प्रतिनिधिहरूले नाम दर्ता गराइरहेका छन् । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ ९२० बमोजिम विशेषको माग गरेका थिए ।

कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।