काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको विशेष महाधिवेशनमा सहभागिता उल्लेखनीय देखिएको छ।

पार्टी स्रोतका अनुसार कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२.४ प्रतिशतले औपचारिक रूपमा आफ्नो उपस्थिति दर्ता गराइसकेका छन्।

ad

उपस्थिति दर्ता गराउने क्रम जारी रहेको कांग्रेस विशेष महाधिवेशन सचिवालयले जानकारी दिएको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरेका हुन् ।