काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा अध्यक्ष प्रचण्डका निकट मानिने सरल सहयात्री पौडेलले कुलमान घिसिङलाई पार्टीमै फर्किन आग्रह गरेका छन्। 

रास्वपासँगको सहकार्य अन्त्य गरेपछि सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै पौडेलले घिसिङलाई नेकपाले नै प्रधानमन्त्री बनाउने दाबी गरेका हुन्।

ad

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै पौडेलले घिसिङलाई ‘आत्मकेन्द्रित अहंकार त्यागेर पार्टीप्रतिको प्रतिबद्धतामा उभिन’ आग्रह गरेका छन्। उनका अनुसार, यदि घिसिङ नेकपामा फर्किए भने पार्टी नेतृत्व र अध्यक्ष प्रचण्डले उनलाई प्रधानमन्त्री बनाउने जिम्मेवारी लिनेछन्।

‘सद्भावका साथ भन्न चाहन्छु—घर फर्किनुस्। प्रतिबद्धतामा उभिन सक्नुभयो भने तपाईंलाई प्रधानमन्त्री बनाउने सामर्थ्य नेपाली कम्युनिस्ट पार्टीसँग छ,’ पौडेलले उल्लेख गरेका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीलाई संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रको मूल आधार भएको पार्टीका रूपमा चित्रण गर्दै वैचारिक निष्ठामा टिकिरहनुपर्ने धारणा राखेका छन्।

पौडेलले प्रतीकात्मक भाषामा चेतावनी दिँदै भनेका छन्, ‘पिता बुढा भए भन्दैमा मितबालाई वास्तविक पिता मान्नु हुँदैन। घरको रङ पुरानो भयो भनेर छिमेकीकहाँ शरण लिन दौडिनु सही हुँदैन।’

उनको भनाइमा राजनीतिक उज्यालो व्यक्तिगत चमकले होइन, संगठित शक्ति र वैचारिक पावरहाउसबाट आउने हो, र त्यो शक्ति नेकपा भएको दाबी गरेका छन्।