काठमाडौं । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न नेतृत्वसमक्ष अपिल गरेका छन् ।

अपिलमा विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न  सभापति शेरबहादुर देउवासँग आग्रह गरिएको छ । 

ad

ललितपुरको कुपन्डोलमा शुक्रबार बिहान भएको छलफलपछि विज्ञप्ति जारी गर्दै चुनाव अगाडि नियमित महाधिवेशनको पक्ष रहेका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका हुन् ।

राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायतले  जारी गरेको अपिलमा आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं,’ भनिएको छ ।

उनीहरूले संवाद र सहमतिबाट विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह पनि गरेका छन्।