
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ ।
आज दिउँसो १ः ०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. शेखर कोइरालासहितका नेताहरु उपस्थित हुने प्रचार गरिएको थियो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवशेन बोलाएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन वैधानिक नभएको भन्दै महाधिवशेन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ ।










Facebook Comments