
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्र देखिएको विवाद अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् ।
आज बिहान देउवा निवास महाराजगञ्ज पुगेर कोइरालाले उक्त आग्रह गरेका हुन । उनले पार्टी एकता अहिलेको प्रमुख आवश्यकता रहेको औंल्याए । कोइरालाले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिले विभाजनको खतरा बढेको भन्दै संवादमार्फत निकास खोज्न सभापति देउवालाई आग्रह गरेका छन्। उनले पार्टीभित्र नेताहरु को नेता बन्नेभन्दा पनि पार्टीको एकता ठूलो विषय रहेको भन्दै सहमतिका लागि लचकतासाथ प्रस्तुत हुन पनि देउवालाई आग्रह गरे ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका छन् । अर्कोतर्फ, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधान अनुसार विशोष महाधिवेशन आव्हान नभएको हुँदा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।










Facebook Comments