काठमाडौँ ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

 दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।  

ad

बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई मुख्य सचिव पौडेलले अनुरोध गरेका छन् ।