काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ लिएका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम पुस २३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

ad

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

 पुस २१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १०।३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।