
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस २७ र २८ गते आह्वान गरिएको पार्टीको विशेष महाधिवेशनबारे आज विभिन्न पेशा, व्यवसायमा आवद्ध बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।
छलफलमा महामन्त्री थापासँगै केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे समेतको सहभागिता थियो ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले आज दिउँसो नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै गर्दा थापाले भने नक्सालस्थित एक होटलमा बुद्धिजीवीसँगको छलफल गरेका थिए ।










Facebook Comments