
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गते घोषणाा गरेको विशेष महाधिवेशन व्यवस्थापनका लागि विभिन्न १८ उपसमितिहरू गठन गरेका छन् ।
उक्त उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ । जस अनुसार पूर्व जिल्ला सभापति, पूर्व केन्द्रीय सदस्य समन्वय उपसमितिको संयोजकमा मधु आचार्य, जनपरिचालन जुलुस व्यवस्थापनमा जगदीश्वरनरसिंह केसी, व्यवस्थापन समितिमा मनोजमणि आचार्य, प्रदेश सांसद समन्वयमा श्रीराम लामिछाने, पूर्व सांसद समन्वयमा कुसुम थापामगर, मञ्च व्यवस्थापनमा गोविन्द पुडासैनी छन् ।
यस्तै स्वयम्सेवक परिचालन समितिमा मनिष कोइराला, यातायात व्यवस्थापनमा योगेन्द्रमान कर्माचार्य, आवास तथा खाना व्यवस्थापनमा रमेश धमला, सुचना तथा प्रचारप्रसार समितिमा सुवास पोखरेल, जिल्ला सम्पर्क समितिमा बिमल संग्रौंला, भातृ तथा शुभेच्छुक संस्था समन्वयमा प्रतिमा गौतम संयोजक छन् भने जनसम्पर्क समिति समन्वयमा डिल्लीराम सुवेदी, स्थानीय तह समन्वयमा वंशलाल तामाङ, स्वास्थ्य शिविर समन्वयमा डा. अमिता प्रधान, सांस्कृतिक कार्यक्रम तयारीमा विपिन किरण, जेनजी युवा परिचालनमा सचिन तिमिल्सिना र जिल्ला क्षेत्र फोकल पर्सन समन्वयमा युवराज पाण्डेय रहेका छन् ।










Facebook Comments