काठमाडौं । आफूहरुसँग पर्याप्त छलफल नगरी राष्ट्रियसभाको उम्मेदवार चयन गरिएकोमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रियसभामा एमालेसँगको गठबन्धन र उम्मेवार चयनमा महामन्त्री थापाले फरक मत राखेका छन् । कार्यसम्पादन समितिको आज बसेको बैठकले गरेको निर्णयमा उनले फरक मत राखेका हुन् ।

ad

उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएकाले आफूले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा फरक मत राखेको महामन्त्री थापाले स्पष्ट पारेका छन् । 

तालमेलका बारेमा तयारी भनेर कार्यवाहक सभापतिले जे आधार दिएका छन्, त्यासे कार्यसम्पादनमा आएर भएको निर्णय होइन । त्यसैले यो निर्णयको स्वामित्व लिँदैनौँ, थापाले भने– उम्मेदवार चयनका सम्बन्धमा सबै जिम्मेवारी सभापतिलाई दिने भन्ने हिजो तयारी भएको थियो । तर समितिको मानमर्दन किन गर्न लागिएको भनेर मैले आपत्ति जनाएपछि आज बैठक बोलाइएको हो । उनले एमालेसँग तालमेलको सैद्धान्तिक आधार के हो भन्ने कुनै स्पष्टता नरहेको बताए । उनले प्रक्रियाका नाममा सबैलाई हेप्ने काम गरिएको बताए ।