
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकाहरूले एकपछि अर्को गर्दै उम्मेदवारी फिर्ता गरिरहेका छन् ।
अहिलेसम्म आधा दर्जनभन्दा बढीले उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरेका छन् । यसै क्रममा कामठमाडौँ महानगरपालिकाका मेयरसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ’बालेन’को टिमबाट समानुपातिक उम्मेदवार बनेकी रुकुम पश्चिमकी सिर्जना ओली सिज्जुले पनि आफ्नो नाम फिर्ता लिएकी छन् ।
बुधबार समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ओलीले आफूले राजनीति बुझे पनि अहिले भने आफू राजनीतिमा आउन नचाहेको भन्दै आफ्नो नाम समानुपातिक बन्दसूचीबाट फिर्ता लिएको जानकारी गराएकी हुन् ।
यसअघि अरनिको पाण्डे, गायिका त्रिशाला गुरुङ, अभिनेता आसिफ शाह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, पर्वतारोही टासी शेर्पा र अभियन्ता डा. महेन्द्र लावतीले पनि नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।
रास्वपाको उम्मेदवारी सूचीका बिषयमा व्यापक आलोचना भएपछि उनीहरुले उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरेका हुन् ।










Facebook Comments