काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएका छन् । सचिवालयले उम्मेदवारहरुको टुङ्गो लगाउने जिम्मा दिएपछि अध्यक्ष ओलीले ८ जनाको नाम टुँगो लगाएका हुन् ।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लिला भण्डारीलाई उम्मेदवार बनाएको छ । राष्ट्रियसभाका लागि आज उम्मेवारी दर्ता हुँदैछ । 

ad