काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि ९ जना उम्मेदवारहरूको टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ ।

जस अनुसार कोशी प्रदेशबाट सुनीलबहादुर थापा छन् । उनले केही पहिले मात्रै राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । मधेस प्रदेशबाट धनेन्द्र पासवास र रञ्जित कर्ण,  बाग्मती प्रदेशबाट गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना, लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसीलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

ad

यस्तै कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बनेका छन् । खाती पूर्वमहान्यायाधिवक्ता हुन् । राष्ट्रिय सभाको चुनाव माघ ११ गतेका लागि तोकिएको छ भने आज मनोनयन दर्ताको समय तोकिएको छ ।